💕💞मायाँ लाउँनुको के अर्थ💘💘

रोशन “काभ्रेली”

मायाँ लाउँनुको के अर्थ, जस्मा गुमाउने डर नभए ।
जीबनको अन्त सम्म, तिमी सँगै बस्ने कर नभए ।।

सधैँ घरी घरी सोध्ने गर्छौ, मलाई तिमी कहाँ राख्छौ ।
मन भित्र लुकाई राख्थे तिम्लाई, माटाका घर नभए ।।

लिने भएँ नि लिउँ मायाँमा, मेरो अग्नी परिक्षा म दिन्छु ।
आँखामा पट्टि बाँधेर हिड्छु, तिम्रो हातको भर नभए ।।

बाँधिने इच्छा बुझेको छुु, तिम्रो नभएको कहाँ हो र ।
नत्र छुट्टा छुट्टै हुन्थ्यौँ होला, सँगै बस्ने रहर नभए ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.