झ्याल, ढोका बन्द गर…✍🏻

रोशन “काभ्रेली”

जीन्दगीको यात्रा लड्नै आँटेको भिरमा थिएँ म ।।
आसा छैन बचाउँलान आफ्नै तक्दीरमा थिएँ म ।।

सड्क र सदनमा जलाउछन फेरि, म हुँ संविधान,
बल्ल तल्ल फुत्केर आएथेँ, न त जंजीरमा थिएँ म ।।

सड्क, चोक, गल्ली राताम्मे छ लस्केरा धोजा समेत,
रक्त्त पिपासु आउदैछन आज त्यहि पीरमा थिएँ म ।।

झ्याल, ढोका बन्द गर, नचिहाउँ तिमी प्वाँलबाट पनि,
जन्ता तिमी के गर्छौ हेर्न आज तिम्रै, शीरमा थिएँ म ।।

लेखक: रोशन दनुवार, काभ्रेपलाञ्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.