मनमा दियो बलेन आमा

कविता घिमिरे

घरमा दियो बले पनि,
मनको दियो बाली राखौं
अनि कसरी भनौं आमा विदेशको
तिहारमा कसरी मन बुझाई बसौं ।

दिदी बहिनीको हातको टीका।
निधारमा पोतिएन आमा
मखमली फूलको माला
मेरो घाँटीमा झल्किएन आमा । झलकिएन आमा ।

देउसी भैलो नआएपनि आमा
मनमा गुनगुनाउँदै बसे
आफ्नो जीवनको बारे सोच्दै
आफैं रिसाउँदै बसे । आमा रिसाउँदै बसे ।

सपनामा देखेको थिए आमा घर वरिपरि ।
झिलिमिली बत्ती र फूलै फूलको ।
तिम्रो मायाले गर्दा झन् आमा ।
सबै समेटिएको थियो ।


आँखा खोली हेर्दा आमा ।
म त सात समुद्र पारी रहेछु।
तिम्रो दुःख सुखमा तिम्रो साथमा हुन नपाउँदा आफ्नै भाग्यलाई धिक्कारदै बसिरहेछु | आमा बसिरहेछु

कविता घिमिरे,
काँडाघारि

प्रतिक्रिया दिनुहोस