“घरबाट निस्कने बेला…!”

सुजन श्रेष्ठ

घरबाट निस्कने साईत भयो, अामा हातमा पुजा अछेताको थाली लिई पानी पर्न लाग्दा भएको बादल जस्तै अँध्यारो अनुहार लिई उभिनुभयो। हातमा रङ्गिन् फुलहरुको एक झुत्तो माला लिई पहाडझै गरुँगो मन लिई अर्कोपट्टि बा उभिनुभयो। उता एकतिर फर्किएर प्यारि सुक्क सुक्क गर्न लागि ! भर्खर पातलो कपाल अाउन लागेको छोरोका निर्दोष चेहरा माथिका तालुलाई हेरे, निन्याउरो अनुहार लिई छोरि भुईकै धुलासङ्ग अल्झिरहेकि थिई।

म उभिरहे, अामा मलाई टीका लगाउन अघि बड्नु भयो। मैले अामाको अनुहार हेरिरहे, टीका लाउदा लाउदै अामाका अाखामा हिराका कण जस्ता अासुका ढिक्काहरु बरर्र झर्न लागे। सारिका सप्कोले मुख छोप्दै अामा अर्को तिर फर्किनु भो। कत्ति दुख पर्दा पनि नअात्तिने सहनशील शोभाव भएका मेरा बा जसोतसो अाफुलाई सम्हाल्न खोज्दा खोज्दै अासु झरेको पत्तै पाउनु भएन छ क्यार, सर्टका बाहुलाले अासु पुछ्दै मलाई त्यहि रङ्गिन मालाको एक झुत्तो लगाईदिनु भो।

चर्चर् फुटेका अामाका कुर्कुच्चा अनि बा का पैतालालाई छोए,त्यतिबेला सम्म मन असह्य भैसकेको थियो, लाग्थ्यो मनमा कुनै ठुला चट्टान् अाएर थिचिदिएको छ। केही बोल्नै सकिन न त केही गर्नै सके। प्यारि अझै सुक्क सुक्क गरि रोईरहेकै थि, उसलाई सम्झाउन सक्ने म मा कुनै अात्मबल थिएन न त कुनै सामर्थ्य नै! म अाफैमा भावविह्वल भएको थिए, म टुक्रिएको थिए। अाफैलाई सम्हाल्न नसक्नेले अरुलाई कसोरि सम्हाल्न सकोस् हो म त्यस्तै भएको थिए।

सबै रोएको देखेर होलान् सानि छोरी पनि रुलाँ रुलाँ जस्तो गर्न लागि । एक झर्को प्यारिलाई अङ्गालोमा बाँधि, ती साना साना लालाबाला लाई सुम्सुमाए। मेरा कान्छि अौला समाई छोरो बाबा बाबा भन्न लागे। उसलाई लाग्थ्यो होला बाबा सधै सङ्गै भईदिए, बाबा टाढा कहिले नगईदिए, तर के गर्नु त्यहा बाध्यता थियो, त्यहा सुनौलो सपनाको टुसाहरु पालुवामा परिणत हुनु थियो अनि प्रसस्तै निराशाहरु अाशाहरुमा परिणत हुनु थियो। एक पुरानो झोला भित्र अाफ्ना सारा खुसि,परिवारको सम्झना, साथिभाईको मिठा याद अनि केही अाशाहरुलाई बन्धन गरि हिड्न लागे। गहभरि अासु अनि मनभरि पीडाले होला केही बोल्नै सकिन, मात्रै यति बोल्न सके “जान्छु है बा” !

           (प्रदेशिएको हरु प्रति समर्पित।)

🔹सुजन श्रेष्ठ 🙏

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.