कथा: अनौँठो प्रेम…..( भाग–१ )

@Roshan

बिहानीको समय म, मेरा साथीहरु घर नजिकैको बस स्टेशनको पारि पटिको चियाँ पसलमा सधैँ झै चिया पिउँदै थियौँ । जाडोको बेला अलि अलि हुस्सु लागेको थियो गन्तब्य छिचोल्न हिडेको बस, स्टेशनमा आएर रोकियो । हामी आफ्नै गफमा मस्त थियौँ अचानक एउटा साथिले रोकिएको बस तर्फ इसारा गदै मलाई भन्यो “ उ त्यहाँ हेर त ” बस भित्रको केटि तिर औँलाले देखाउदै “ त्यो केटिले तलाई अघि देखि हेरि रहेकी छिन् “ हैन होला ” मैले जवाफ दिदै हेरे… सुन्दर मनमोहक परि जस्ती थिइन, मुसुक्क मुस्काउँदा नि डिम्पल बस्ने गालामा, म पनि उस्लाई हेरि उनैमा हराई रहको त्यो बेला लाग्थ्यो कि समय यहि रोकियोस जस्तो……“ ओइ कता हराईस ” साथिले घचघचाउदै भन्यो म झसङ्ग भएँ । बस जाने तरखरमा थियो त्यो बेला लाग्थ्यो केहि छुट्दै छ जस्तो उन्ले इसारामा फोन नं. तिप्न भनी मैले टेबलबाट मोवाईल उठाएँ उस्ले हातको इसाराले फोन नं. दिई अनि Dial गर्न भनि मैले त्यो नि गरे तर फोन काटेर पछि कुरा गरमला भनि Message गरि हातले बाइ बाइ गरेर गई…..


त्यस दिन दिन भर मनमा अनेकौ सवाल उठे तर जवाफ केहि थिएन म संग, एकैछिनको त्यो भेट, अनि आखाँको जुधाई, बिना बोलचाल तर पनि उन्कै झल्को बारम्बार आइरहेको थियो । कुन बेला उस्ले फोन आउँला भनि फोन साथै राखि रहन्थे कहिले काहि त फोनको Dial मा पुगेर औँला रोकिन्थ्यो मन दोधारमा थियो। फोन गर्दा रिसाउने पो हो कि ? फोन गर्छु त भनेकै छे, सायद गर्छे होला । मलाई के भा छ र के भई रहेको छ बुझ्नै गारो भो आफैले आफैलाई प्रश्न गथेँ । सुनेको थिएँ Love at First Sight सायद यहि होला जस्तो लाग्यो ।


केटिले पहिलो भेटमै किन फोन नं. दिई के उन्लाई नि Love at First Sight भएको हो त ? कि उन्ले चिन्छिन् ? कि उस्ले पहिले देखि नै पछाए कि हुन त ? अब त्यो केटिले फोन गरला नगरला जान्नका लागि भाग–२ पढन नबिर्सिनु होला धन्यबाद….

प्रतिक्रिया दिनुहोस